कमलेश ठाकुर

जनकपुरधाम, वैशाख ५ गते ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यासकै चरणमा छ । यस राजनीतिक पद्धतीको मुल चरित्र शक्तिको बाँडफाँट हो । सोहीअनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तहमा अधिकारको बाँडफाँट र अभ्यास हुँदैछ ।

परिर्वतित राजनीतिक पद्धतिअनुसार संघीयता अघि बढ्दै गर्दा कुन गतिमा बढी रहेको छ ? अथवा नागरिकले के महशुस गरिरहेको छ ? नागरिकको अपेक्षा के छ ? अनि संघीयतामाथि प्रश्न वा समिक्षा गर्ने बेला भएको छ की छैन ? भन्ने बहस पनि चिया–चोकदेखि गाउँटोलमा भइरहेको अवस्था छ, हुनु पनि स्वभाविक हो । पछिल्लो राजनीतिक घटना क्रमले नागरिकको यी कुनै पनि प्रश्नमा संतोषजनक जवाफ पाउन सक्ने अवस्था छैन् । सात दशक पछि जनताले ल्याएको संघीयता जनतालाई नै महशुश हुन नसक्दा नागरिक निरास हुँदै गइरहेको छ ।

संघीयताको जननी मानिने मधेश प्रदेशमा समेत संघीयताकै विरोध नभई बदनाम गर्ने गतिविधि भइरहेको हुनाले सहज अवस्था नरहेको आँकलन गर्न सकिन्छ । विरोधलाई आत्मसात गरेर सुढृढ गर्न सकिन्छ । तर, बदनामीलाई चिर्न कुनै गणितिय मन्त्र छैन होला । संघीयता आएको अवधिमा कयौं पटक मधेशमा राज संस्था समर्थकहरुले संघीयताको बदनाम गर्ने उद्देश्यका साथ प्रर्दशन गरिसकेको छ । उनीहरुले सार्वजनिक मञ्चबाटै संघीयता खारेजको लागि चर्को भाषण गरिरहेको सुनिन्छ । यसरी राजसंस्था सर्मथकहरु र्जुमुराइरहदा केन्द्रले समेत आवश्यक अधिकार दिन आलटाल गरेर राजसंस्थालाई मलजल गरिरहेको विश्लेषण गर्न सकिन्छ ।

संविधानले सुनिश्चि गरेको अधिकार केन्द्रले नदिदा संघीयता अहिले ‘अन वाण्टेड बेबी’ जस्तो भएको छ । उदाहरणको लागि प्रदेशको एकल अधिकार सूचीको पहिलो नम्बरमै रहेको प्रदेश प्रहरीसंग सम्बन्धित कानून मधेश प्रदेशले चार वर्ष अघि बनाए पनि कार्यान्वयनमा ल्याउन सकेको छैन् । संघीय सरकारले प्रहरी समायोजन नगर्दा मधेश प्रदेश सरकारको प्रदेश प्रहरी ऐन कार्यन्वयन हुन नसकेको हो ।

मधेश प्रदेशले ०७५ पुष १५ गते नै प्रमाणिकरण गराइसकेको यो ऐन कार्यान्वयनमा नआउँदा शान्ति सुरक्षादेखि नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको प्रदेश सरकारको प्रतिनिधिहरुले जिकिर गर्दै आएका छन् । प्रदेश प्रहरी ऐन एउटा प्रतिनिधिमुलक उदाहरण मात्रै हुन् । यस्तो ४० भन्दा बढी कानून संघीय सरकारले समयमा बनाउन नसक्दा प्रदेश र स्थानीय तहको कामकाज प्रभावित भइरहेको छ ।

संघीयतालाई तिब्र गतिमा गुडाउन ‘रुल्स एण्ड टुल्स’ चाहिन्छ । तर, रुल्स भएपनि सत्ता स्वार्थको मानसिकताले टुल्स प्रयोग गर्न सकिएको छैन् । मानौं उनीहरुको लागि संघियता दहेजमा दिएको सवारी जस्तै हो । जसमा प्रयाप्त मात्रामा तेल राख्न सकिएको छैन अथवा राख्न दिइएको छैन् वा राख्ने नियत पनि छैन् । त्यसैले नेपालमा संघीयता नामक गाडी सुस्त गतिमा चलिरहेको छ ।

संघीयतालाई तिब्र गतिमा गुडाउन दुई महत्तवपूर्ण कुरा आवश्यक छ । एउटा नेतृत्व इमान्दार र अर्को समक्ष कर्मचारी । तर, नेपालमा यी दुबै प्रयाप्त मात्रामा नहुँदा पनि संघीयताको गाडी तिब्र गतिमा कुद्न कठिनाई भइरहेको छ । नेतृत्व इमान्दार नहुँदा ९० प्रतिशत भन्दा बढी बजेट केन्द्रमै राखिन्छ । अर्को प्रदेशमा ५५ र स्थानीय तहमा ४५ प्रतिशत कर्मचारी अभाव छ, जस कारण संघीयताले काम गर्न नसकेको अफवाह फैलिरहेको छ । र, संघीयता महगो भयो भनेर भाषय पनि निर्माण हुँदै गइरहेको छ ।

तसर्थ : अव वास्तविकताको प्रचारप्रसार बढीभन्दा बढी गर्नु पर्छ । अफवाह चिर्ने काम सबै स्थानीय तह र प्रदेश सरकार मिलेर गर्नुपर्छ । पारदर्शीता बढाउनु पर्छ । तीनै तहको सरकारको रुचिमा फरकपनलाई सम्बोधन गर्न सक्नु पर्छ । प्रदेश र स्थानीय तहले क्षमता अभिवृद्धि गर्नुपर्छ । समक्ष र संविधानले दिए जतिको अधिकार केन्द्रले दिनुपर्छ । प्रदेश र स्थानीय तहले उपभोग गर्न पाउनु पर्छ । व्यवहारमा ल्याउन तीनै तहको सरकारले दायित्व पनि पूरा गर्नुपर्छ ।

प्राप्त गर्न बाँकी रहेको अधिकार पाउन निरन्तर संघर्ष गरिराख्नु पर्छ । प्रदेश र स्थानीय तहमा भइरेको अनावश्यक खर्च कटौती गर्नुपर्छ । नियमित तिनै सरकारबीच समन्वय हुनु पर्छ । राज संस्था सर्मथक जसरी प्रस्तुत हुन खोज्छ, यसलाई जनताले नै रोक्नु पर्छ । नागरिक र जनप्रतिनिधिबीचको दुरी घटाउनु पर्छ । यसरी हुर्किदै गरेको संघीयता नामक बच्चालाई अफवाहबाट जोगाउनु पर्छ । बच्चालाई समयमै पोषण खुवाए जस्तै केन्द्र पनि समयमै कानून निर्माण गनुपर्छ । र, संघीयता नामक गाडिलाई मजबुती साथ तिब्र गतिमा गुडाउन सकिन्छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO