दिवेश कुमार महतो

जनकपुरधाम, वैशाख ४ गते ।

जनकपुरका कार्तिकेश झाले न कहीँबाट रकम पाएका छन् न उनको जागिर छ । तर रगतकै अभावले विरामीको मृत्यु नहोस भनेर उनी निस्वार्थ खटिएका छन् । आफ्नो पढाई र काम सक्किनसाथ उनी कहिले विद्यालय त कलेजमा रगतको कुरा गर्न आइपुग्छन् । झा ब्लड फर नेपाल नामक गैरसरकारी संस्थाका धनुषा जिल्ला सदस्य हुन् । यो संस्थाले पछिल्लो केही महिनायता जनकपुरधाममा‌ रगत सचेतना कार्यक्रम गर्दै आएको छ। रक्तदान कसरी गर्ने ,कति बेला गर्ने ,किन गर्ने लगायतका विषयमा विधार्थीहरुलाई झा सहित संस्थाका सदस्यहरुले प्रशिक्षण दिइरहेका छन् । रगतको आवश्यकता, महत्त्व, रक्तदानको फाइदा र यसको विद्यमान अवस्था लगायतका विषयमा केन्द्रित रहेर उनीहरूलाई स्लाइड मार्फत् प्रस्तुतिकरण गरेर ब्लड फर नेपालले प्रशिक्षण दिइरहेको हो ।

‘रगतको आवश्यक्ता रगतले नै पुरा गर्न सक्छ । तर यो पदार्थ हामीले बनाउन सक्दैनौं । इमरजेन्सीका बेला रगत अभाव हुँदा हामी सबैलाई चाहिने रगत नै हो । तर यो न खेतमा फल्छ न फैक्ट्री मा उत्पादन हुन्छ। मानिसको शरिरमा‌ मात्र पाँउछ। त्यसैले मानिसलाई सचेत गराउन एकदमै जरुरी छ,’ उनी भन्छन्, ‘रगतको महत्व र रक्तदानको आवश्यक्ताबारे ग्राउण्ड लेभलबाटै सचेतना गर्ने किसिमले विधालयका कक्षा ११ र १२ सहित ब्याचलरका विधार्थीहरु राखेर हामी सचेतना कार्यक्रम गरिरहेका छौ ।’ रगतको आवश्यकता पर्दा कहाँ जाने, कसरी रगत व्यवस्थापन गर्नेबारे विद्यार्थीलाई समान्य ज्ञानको समेत अभाव देखिएको उनको भनाई छ । जनचेतना अभावले रगत व्यवस्थापन गर्न नसकेर कतिपय विरामीको अकालमै मृत्यु भएको घटनाहरु भएकाले यो कार्यक्रम प्रत्येक विधालयमा संचालन गर्ने आफुहरुले प्रयास गरिरहेको उनको भनाइ छ ।

‘कलेजमा ५०-६० जना विधार्थीहरु राखेर उनीहरुलाई रगत बारे प्राविधिक र व्यवहारिक कुराहरु सलाइड मार्फत सिकाउँछौँ र यो सिकाई एकदमै प्रभावकारी देखिएको छ,’ ब्लड फर नेपाल धनुषा टिमका सदस्य विकास साहले भने । उनका अनुसार कार्यक्रम गरे वापत भने कसैले संस्थालाई आर्थिक सहयाता दिने गरेको छैन् । निःस्वार्थ भावनाले मानवताको नाताकाले आफुहरु खटिरहेको साहको भनाई छ ।

‘आऊँ रगत का कुरा गरौ, आऊ रगत का कुरा बुझौ‘’ नारा लिएर धनुषाको विभिन्न ठाउँमा रक्तदान सचेतना कार्यक्रम आयोजना गर्दै आएको ब्लड फर नेपालले‌ जनकपुरधामका मोडेल मल्टिपल कलेज, मोनाष्टिक आवासीय माध्यामिक बिधालय, राराब क्याम्पस, यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकुप) , सेन्ट्रल इन्जिनियरिङ कलेज, जनकपुर ऐकेडेमी स्कुलमा कार्यक्रम गरिसकेका छन् । त्यस्तै धनुषाकै महेन्द्रनगर रहेको गंगोत्री मावि, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमी लगायत वटेश्वर गाँउपालिकाका केही विद्यालयमा समेत यो कार्यक्रम उनीहरुले गरिसकेका छन् ।

साथै महोत्तरीको गौशालामा रहेको त्रिभुवन सेकेन्ड्री स्कुल र भानुभक्त मेमोरियल सेकेन्ड्री इङलिस बोर्डिङ स्कुलमा समेत यो कार्यक्रम समपन्न भइसकेको छ । धनुषा जिल्लामा रक्तदान सचेतना कार्यक्रममा ब्लड फर नेपाल धनुषाका सदस्य बिकाश साह,अमित यादव, सोनाली साह ,कार्तिकेश झा, संजय साह ,रवि प्रसाद गुप्ता सक्रिय हुन्छन् भने महोत्तरी मा संजय सिंह कुशवाहा ,अजय अधिकारी र दिपक महतो लगायतका सदस्यहरू प्राय सक्रिय देखिन्छन्।

अध्ययनसँगै सामाजिक सेवामा सक्रिय रहेका ब्लड फर नेपाल धनुषाका सदस्य कृष्ण कुमार महतो अध्ययनको सिलसिलामा काठमाण्डौ बस्छन् तर कलेजको विदा सक्ने बित्तिकै गाँउ घरमा रगत विषय सँग जोडेर विभिन्न किसिमको प्रतियोगिता र अभियान चलाउने गर्छन्। ‘हामी रगतका विषयमा कुनै डिग्री लिएक छैनौं। न त हामी रगतका बारे वकालत गर्ने प्रशिक्षक हौं । हामी साथिहरु विभिन्न संकायमा ब्याचलर अध्ययनरत विद्यार्थीहरु नै छौं । हामी रगतका बारेमा विभिन्न अनलाइन र पत्रपत्रिकामा पढेका छौं। केहि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डाक्टरको सरसल्लाह अनुसार स्लाइड बनाएर विधार्थीहरु माझ जानकारी पस्किने गरेका छौं, उनी भन्छन्, ‘हामीले सिकाउने ठाउँमा हामीभन्दा ठुला ठुला विधार्थीहरु क्लासमा सहभागी हुन्छन्। हामीले यसलाई सिक्ने र सिकाउने माध्यम बनाएर आगाडि बढेका छौं। यसले हामीहरुलाई बोल्ने , समस्या पहिचान, नेतृत्व र प्रस्तुतिकरणमा क्षमता अभिवृद्धि हुने हामीले विश्वास गरेका छौं।’

ब्लड फ़ार नेपालले बिग्त ५ बर्ष देखी धनुषा लगायत देशका अन्य विभिन्न ठाउँहरु मा बिरामी लाई रगत आवश्यक परेको बेला रगत जुटाऊन र रगत सम्बन्धी सचेतना क्रयाक्रम गर्दै आइरहेको ब्लड फर नेपाल धनुषा टिमका संयोजक भवानी प्रसाद साहले बताए । उनका अनुसार विधालय, कलेजलाई प्राथमिकतामा राखेर त्यहाँ अध्ययनरत विधार्थीहरुलाई यसबारे सचेत गराउन आवश्यक रहेको हुँदा उनीहरूबाट नै यो सचेतनालाई व्यापक रुपमा आमजनसमुदायमा पुर्याउने संस्थाको लक्ष्य छ । ब्लड फर नेपाल रक्तदाता खोजेर बिरामीलाई रगत उपलव्ध गराउने काम गर्दै आएको नाफा नकमाउने गैरसरकारी संस्था हो। संस्थाले डाटा हेरेर कुन ठाउँका बिरामीलाई कुन समूहको रगत चाहिएको हो भन्ने निधो गरेर तुरुन्तै पुग्न सक्ने रक्तदातालाई फोन गर्छ र बिरामीका अफन्तसँग सम्पर्क गराइदिन्छ। यस कामका लागि संस्थामा स्वयंसेवकहरू गठन गरेर काम गरिहेका छन्।

ब्लड फर नेपालले मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा गएर विधालय,कलेजका विधार्थीहरुसँग रक्तदान सचेतना कार्यक्रम गरिरहेको छ। धेरै किसिमका अभियान मध्ये सबैभन्दा महत्वपुर्ण अभियान रगत अभियान रहेको कुरा वल्ड फर नेपालका संस्थापक अध्यक्ष सरोज कुमार महतो बताउँछन्।
सरोज भन्छन्, हामी यो छ महिनाको अवधिमा धनुषा, महोत्तरी र काठमाडौं उपत्यका भरिमा जम्मा लगभग ३२०० विधार्थीहरु माझ यो अभियान लिएर पुगिसकेका छौं। ‘हामी डोनर (रक्तदाता) र बिरामीका बीचमा मेडिएटर (माध्यम) को काम गर्छौं। हामीले अहिलेसम्म रक्तदान गर्ने १० हजार व्यक्तिको नाम–ठेगानाको डाटा संकलन गरेका छौँ।’ सरोजका अनुसार हाल चारवटा प्रदेशका विभिन्न ठाउँमा सय जना स्वयंसेवक छन्। उनीहरू धेरैजसो विद्यार्थी हुन्।

हामी असल नागरिक बन्ने जमर्को गर्दै छौँ। बिरामीलाई रगत जुटाइँदिदाको खुसी बयान गरेर साध्य हुँदैन, बेग्लै आनन्द महसुस हुन्छ,’ सरोज भन्छन्, ‘हामी रगत जुटाइदिएर पैसा लिँदैनौँ। जीवनयापनका लागि आआफ्नै काममा छौँ।’
‘घरपरिवार मा रक्तदान गर्ने विधि (प्रक्रियाको बारेमा थाहा नहुँदा रगत आवश्यक परेको बेला भौतारिने अवस्था आएको कुरा मोनाष्टिक कलेज कक्षा १२ कानुन संकायमा अध्यनरत छात्रा राधा नागवंसी बताउँछिन्।
‘रक्तदानका विषयमा रहेका विभिन्न किसिमका अपmवाह बारे सहि ढङ्गले हामी बुझेका छौँ । रक्तदान गरेपछि कमजोरी हुन्छ, दुब्लो पातलो भइहाल्छ भनेर सुनेको थिए तर त्यसतो नहुदो रहेछ । अब म पनि रक्तदान गर्छु । रक्तदान किन गर्नुपर्छ भन्ने कुरा आफ्नो घरपरिवारका सदस्यलाई पनि सिकाउँछु,’ उनले भनिन् ।

< LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LINK ALTERNATIF LAKUTOTO RTP LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LINK ALTERNATIF LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO