जनकपुरधाम, वैशाख १३ गते ।

धनुषाको औरही गाउँपालिकामा प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच झडप भएको छ । औरही गाउँपालिका १ पौडेश्वरस्थित सडक बन्द गरी टायर बालेर प्रदर्शन गरिरहेका स्थानीय र प्रहरीबीच भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी सशस्त्र प्रहरीका दुइ र नेपाल प्रहरीका एकजना घाइते भएका छन् ।

करिब १० दिनअघि यहीँ वडाका दुईजना युवती बेपत्ता भएका थिए । तर प्रहरीले भने हंसपुर नगरपालिकाका दुईजना फरक समुदायका युवकसँग उनीहरु प्रेममा परि भागेको बताइरहेको छ । युवतीका आफन्त र स्थानीयले भने दुबैजना युवतीको अपहरण भएको दावी गरिरहेको छ ।

हराइरहेकी युवतीहरुको खोजतलास नगरेको भन्दै प्रहरी विरुद्ध नाराबाजी गर्दै आज विहानैदेखि स्थानीय प्रदर्शनमा उत्रिएका थिए । विहान प्रहरीले सम्झाई बुझाइ गरेपछि उनीहरुले आन्दोलन छोडेर घर फर्केको प्रहरीले जनाएको छ ।

तर पछि दिउँसो फेरि उनीहरु सडक अवरुद्ध गरी टायर बालेर प्रदर्शन गर्न थालेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरेको थियो । त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दै प्रदर्शनकारीले प्रहरीको गाडी समेत तोडफोड गरेको डिएसपी अवाले बताए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको छ । दुईजना युवतीलाई भगाएको घटनामा प्रहरीले पाँच जनालाई थुनेर अपहण तथा शरिरबन्धक मुद्दा समेत चलाइ युवतीहरुको खोजतालास जारी रहेको डिएसपी अवाको भनाई छ ।

प्रहरीका अनुसार हंसपुर नगरपालिकाका दुईजना युवकसँग दुबैजना युवती प्रेमसबन्धमा थिए । उनीहरु आपसी सहमतीमै भागेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO