जनकपुरधाम, वैशाख १२ गते ।

धनुषाका पत्रकार विनयकुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

आज विहान करिब ४ बजे मिथिला नगरपालिका-६ स्थित ढल्केवरमा आफैले चलाएको मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाधाम नगरपालिका ५ घर भएका उनको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

उनका अनुसार ढल्केवरबाट धनुषाधाम फर्किने क्रममा आफैले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार भएका पत्रकार यादवका छिमेकी ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् ।

प्रादेशिक अस्पताल जनकपुरमै उनको उपचार भइरहेको छ । पत्रकार यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO