जनकपुरधाम, वैशाख ७ गते ।

धनुषामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डलको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । बिहीबार साँझ नम्बर नखुलेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार ठक्करबाट गम्भीर घाइते मण्डलको सिता हस्पिटल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उनका अनुसार ठक्कर दिएर भागेको मोटरसाइकल विदेह नगरपालिकाको वडा नं ६ स्थित झाडीमा राति ११ बजे फेला परेको छ ।

प्रदेश ०२ ००७ प २९४३ नम्बरको ठक्कर दिने उक्त मोटरसाइकल विदेह नगरपालिका ६ का ३० वर्षीय रोहित मण्डलले चलाइरहे प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहररीले जनाएको छ । घटनापछि उनी फरार भएको र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।