जनकपुरधाम, वैशाख ४ गते ।

मधेश प्रदेशसभामा विरोधकाबीच मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयास गरेपछि जनमत पार्टीका सांसदहरुले तोडफोड गरेका छन् ।

माग सम्बाधेन नगरी मुख्यमन्त्रीले पोडियममा अगाडी उभिएर विश्वासको मत लिने प्रस्ताव गर्न थालेपछि आक्रोशित भएका जनमतका सांसदहरुले तोडफोड गरेका हुन् । उनीहरुले प्रदेशसभाका माइक, क्यामेरा र टेबल तोडफोड गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सप्तरीको राजविराजमा तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री समेत रहेका महेशप्रसाद यादव लगायतका सांसदहरुमाथि भएको आक्रमणको छानविनका लागि विशेष संसदीय समिती गठन गर्न माग गरिरहेको छ । तर सत्तापक्ष तयार नभएपछि जनमत पार्टीले प्रदेशसभा बैठकमा अवरोध गरिरहेको छ ।

जनमतकै सांसदहरुको अवरोधपछि दिउँसो १० मिनेटका लागि स्थगित भएको बैठक करिब सावा पाँच घण्टापछि दोस्रो पटक बसेको थियो । तर अफुहरुको माग सम्बोधन नभएको भन्दै दोस्रो पटक समेत जनमत पार्टीका सांसदले रोष्टम अगाडी उभिएर सरकार विरुद्ध नाराबाजी गरेको छ ।

पोडियम र सभामुख बसेको स्थानमा उनीहरुले तोडफोड गर्ने प्रयास गरेपछि जनमतका सांसद र मर्यादापालकबीच धकेलाधकेल हुँदै हातपात हुनेस्थिती सिर्जना भएको थियो । अवस्था तनावपुर्ण बनेपछि सभामुख रामचन्द्र मण्डलले फेरि १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् ।

सभामुख रामचन्द्र मण्डलले प्रदेश मामिला समितीबाट छानविन समिती गठन गर्न मुख्यमन्त्री सहमत भएको भन्दै प्रदेशसभा बैठक संचालन हुनदिन आग्रह गरेका थिए । तर जनमत पार्टीले संसदीय छानविन समिती गठन गर्नुपर्ने भन्दै अडान लिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको छ । एक बजे बोलाइएको बैठक करिब दुई बजे सुरु भएको थियो । तर निरन्तर बैठक अवरोध भएपछि विश्वासको मत लिन मुख्यमन्त्रीलाई हम्मे परेको छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO