जनकपुरधाम, फागुन २७ गते ।
नेपाली कांग्रेसका युवा नेता पंकज कुमार महतोले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। पार्टीको भातृ संगठन नेपाल तरुण दल जनकपुरधामका नगर सभापति तथा धनुषा क्षेत्र नं. ३ (ख) का प्रदेश सदस्य समेत रहेका उनले चुनावकै मुखमा पार्टीबाट राजीनामा दिएका हुन् ।
जिल्ला सभापति जोगी पंजियारलाई सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा महतोले आफ्नो कार्यकालभर पार्टीका विभिन्न पदाधिकारीबाट प्राप्त सहयोग, साथ र विश्वासप्रति आभार व्यक्त गरेका छन्। साथै, सहयोग र सद्भावप्रति कृतज्ञता जनाउँदै आफू आजको मितिदेखि पार्टीको सदस्य नरहने निर्णय गरेको उल्लेख गरेका छन्।
राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने पार्टीका सम्पूर्ण पदाधिकारी र सदस्यहरूप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले राजीनामा दिएर रास्वपा प्रवेश गर्ने चर्चा छ । यधपी अहिले नै आफू कुनै पार्टीमा प्रवेश नगर्ने उनले बताए ।

