जनकपुरधाम, फागुन २७ गते ।

नेपाली कांग्रेसका युवा नेता पंकज कुमार महतोले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। पार्टीको भातृ संगठन नेपाल तरुण दल जनकपुरधामका नगर सभापति तथा धनुषा क्षेत्र नं. ३ (ख) का प्रदेश सदस्य समेत रहेका उनले चुनावकै मुखमा पार्टीबाट राजीनामा दिएका हुन् ।

जिल्ला सभापति जोगी पंजियारलाई  सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा महतोले आफ्नो कार्यकालभर पार्टीका विभिन्न पदाधिकारीबाट प्राप्त सहयोग, साथ र विश्वासप्रति आभार व्यक्त गरेका छन्। साथै, सहयोग र सद्भावप्रति कृतज्ञता जनाउँदै आफू आजको मितिदेखि पार्टीको सदस्य नरहने निर्णय गरेको उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने पार्टीका सम्पूर्ण पदाधिकारी र सदस्यहरूप्रति धन्यवाद ज्ञापन गरेका छन्।  उनले राजीनामा दिएर रास्वपा प्रवेश गर्ने चर्चा छ । यधपी अहिले नै आफू कुनै पार्टीमा प्रवेश नगर्ने उनले बताए ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO