जनकपुरधाम, असोज १२ गते ।

डा. संगीता कौशल मिश्राविरुद्ध सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरी गरिएको चरित्र हत्या अभियानमा संलग्न व्यक्तिहरूलाई साइबर अपराध अन्तर्गत कानूनी कारबाही गर्न नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाले जोडदार माग गरेको छ।

आइतबार शाखाले प्रेस विज्ञप्ति जारी गर्दै डा. मिश्राविरुद्ध स्रोतको पुष्टि नगरी कुनै प्रमाणबिनै व्यक्तित्वमाथि चरित्रहत्या गर्ने खालका समाचार प्रकाशित हुनु अत्यन्तै दुर्भाग्यपुर्ण एवं निन्दनीय कार्य रहेको बताएको छ ।

समाज सेवामा निरन्तर सक्रिय, सेवा भावनाले प्रेरित र इमान्दार चिकित्सक व्यक्तित्वलाई यसरी बदनाम गर्ने प्रयास सम्पुर्ण चिकित्सक समुदायको मनोबलमाथि अघात पुर्याउने कार्य भएको समेत संघले ठहर गरेको छ ।

‘नेपालको संविधान तथा प्रचलित कानून अनुसार योग्यताको आधारमा सार्वजनिक पदमा नियुक्ती पाउने अधिकार डा। मिश्रालाई सुनिश्चित छ भन्ने कुरा स्पष्ट छ । राष्ट्रिय भावना अंगीकार गर्दै विभिन्न क्षेत्रमा गरिमामय योगदान पुर्याउँदै आनुभएका उहाँमाथि भ्रम फैलाउने हरेक प्रयास अनुचित र अस्वीकार्य छ,’ विज्ञप्तिमा भनिएको छ,‘ ‘यसै प्रसंगमा डा. संगीता मिश्रालाई मन्त्रीको नाम सिफारिस गर्ने, फेरि राजीनामा दिन लगाउने, सरकारको तर्फबाट राजीनामा स्वीकृत गर्ने तर सिफारिस भइसकेको मन्त्री पदलाई सपथ ग्रहण नगराई सार्वजनिक रुपमा होल्ड गर्ने कार्यले एकजना सम्मानित चिकित्सक मात्र होइन सम्पुर्ण चिकित्सक समुदायको समेत मानमर्दन गरेको छ । ’

यस प्रकारको कार्यले चिकित्सक पेशाको गरिमा कमजोर पार्नुका साथै सक्षम व्यक्तिहरुलाई जिम्मेवार भूमिकाबाट विमुख गराउने खतरा रहेको संघका अध्यक्ष डा.रामजी यादव र सचिव रामज्ञान यादवद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य क्षेत्रमा अनुभवी एवं भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने स्वभाव सहितकी डा। मिश्रालाई मन्त्री बनाउने प्रस्ताव गरेपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। सो राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरी उनको नाम स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो।

तर नाम सिफारिस भएको जानकारी आउनासाथ अघिल्लो सरकारले बरियता मिच्दै गैरकानूनी प्रक्रियाबाट बढुवा गरिएका स्वस्थ्य मन्त्रालयका सचिव सचिव डा। विकास देवकोटा, स्वास्थ्य सामग्री आपूर्तिमा संलग्न व्यापारी, ठेकेदार र विचौलियाले विभिन्न लाञ्छना लगाउँदै उनको नियुक्ती रोक्न दबाब दिएका थिए ।

उनीहरुले डा. मिश्रामाथि अख्तियारमा भ्रष्टाचारको उजुरी परेको र अनुसन्धान अन्तिम चरणमा रहेकाले तुरन्तै दोषी ठहर भइ जेल जाने भनी काठमाडौंका सबैजसो मूलधारका मिडियालाई प्रभावमा पारि भ्रम छर्न लगाएका थिए ।

यहाँसम्म कि कान्तिपुर दैनिक, अन्नपुर्ण पोष्ट, नयाँ पत्रिका, अनलाइनखबर, रातोपाटी, सेतोपाटी, नेपालखबर, शिलापत्र, नेपालप्रेस लगायतका संचारमाध्यमले पत्रकारिताको आचारसंहिताको पालनै नगरि बिचौलियाहरुको प्रभावमा निरन्तर समाचार छापिरहे । ती मिडियाहरुले लगाएका आरोपबारे अख्तियारका प्रवक्तासँग आधिकारिक धारणा समेत नसोधी मनलाग्दी समाचार छापेका थिए । पछि ती मिडियाहरु नांगिएपछि अहिले डा. मिश्राविरुद्ध समाचार लेख्न छोडेका छन् ।

बिचौलियाहरुले चाहे अनुसारको भ्रम व्यापक फैलिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डा। मिश्रा विरुद्ध आर्थिक अनियमितताको मुद्दा दर्ता हुने वा अनुसन्धान अन्तिम चरणमा पुगेको भन्ने समाचार निराधार भएको आयोगले स्पष्ट पारेको थियो ।
आयोगका केन्द्रीय प्रवक्ता राजेन्द्र कुमार पौडेलले उनी विरुद्ध विभिन्न संचारमाध्यममा फैलाइएका दाबीहरू तथ्यहीन एवं भ्रामक रहेको स्पष्टिकरण दिनुपरेको थियो ।

‘अख्तियारले आधिकारिक रुपमा कहीँ पनि यस्तो कुरा भनेको छैन। म आफैं प्रवक्ता हुँ, तर आधिकारिक रूपमा त्यस्तो जानकारी दिन कसैले निर्देशन दिएको छैन। कहाँबाट यस्तो हल्ला जन्मियो मलाई पनि थाहा छैन,’ पौडेलले संचारमाध्यमलाई भनेका थिए । उनका अनुसार डा। मिश्रसम्बन्धी मिडियामा आएका विषयहरू सत्य नभई अरु नै स्वार्थी समूहको चासोका कारण उछालिएको देखिन्छ।

स्रोतका अनुसार तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेल र बहालबला सचिव देवकोटाले गरेका अनियमितता ढाकछोप गर्न कांग्रेसका महामन्त्री गगन थापासहितको दबाबमा पनि मिश्रलाई मन्त्री बन्न रोकिएको हो । नेपाली कांग्रेसको अगामी महाधिवेशनमा सभापति र सांसदको चुनाव लड्न करोडौं रकम जुटाउन दबाब रहेको भन्दै गगनले पछिल्लो समय आफ्ना निकटस्थ नेता र कर्मचारीमार्फत कमिसन अशुली गरिरहेको उनकै नजिकका नेताहरुले बताउने गरेका छन ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO