जनकपुरधाम, कात्तिक ७ गते ।

धनुषाको बटेश्वर गाउँपालिका स्थित बटेश्वर बजारमा भोलि (शनिबार) कृषि, शिक्षा, स्वास्थ्य, निजामती सेवा र सुशासनजस्ता समसामयिक विषयमा गहन छलफलसहित ‘बटेश्वर मन्थन–२०८२’ हुने भएको छ।

बटेश्वर युवा संजालको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा रक्तदान र रगत समूह परीक्षण कार्यक्रम पनि एकैसाथ सञ्चालन गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार तीन वटा विषयवस्तुमा मन्थन हुनेछ भने केही विषयमा विभिन्न पेशा एवं क्षेत्रमा आवद्ध व्यक्तिहरुले आ आफ्नो मन्तव्य राख्नेछन ।

मन्थनमा सहभागी वक्ता एवं कार्यक्रम संचालकहरु सबै बटेश्वर गाउँपालिकाकै रहेका छन । सरकारी सेवातर्फ बटेश्वरका युवाहरुको यात्रा : चुनौती, अवसर र आशा सत्रमा सह सचिव राम प्रकाश महतो, निजमती कर्मचारी सुरेश साह र यमनसुन्दर श्रेष्ठ वक्ता हुनेछन भने शिक्षक एवं पत्रकार दिपेन्द्र सिंहले यो सत्र संचालन गर्नेछन ।

बटेश्वरका शिक्षाको गुणस्तर र सुधारका उपाय सत्रको संचालन शिक्षक हरिनरायण दासले गर्नेछन् । यस सत्रमा बटेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामलाल महतो, शिक्षक रामसशकल महतो, निजामती कर्मचारी एवं शिक्षाप्रतिका चिन्तक प्रकाश निरौला र शिक्षिका लक्ष्मी कुमारी महतोले आफ्ना विचार राख्नेछन ।

बटेश्वरमा किसानका चुनौती, अवसर तथा आर्थिक सम्भावना सत्रको संचालन इन्जिनियर उदय ठाकुरले गर्नेछन् भने बटेश्वर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिवकरण यादव, विद्यालय एवं कृषि फार्म संचालक तथा प्याबस मधेश प्रदेश अध्यक्ष गणेश साह र किसान रेखा महतोलाई वक्ताको रुपमा राखिएको छ ।

त्यसैगरि पत्रकार शैलेन्द्र महतो क्रान्तिले बटेश्वरको दुई कार्यकालको समिक्षा मन्तव्य राख्नेछन । युवा नेता अजयकुमार राउतले विकास कस्तो हुनुपर्छ विषयमा आफ्नो मन्तव्य राख्नेछन भने आफन्त नेपालका शिक्षा अधिकृत विष्णु यादवले यो संस्थाले शिक्षामा गरेको लगानीबारे आफ्ना विचार राख्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । त्यसैगरि बटेश्वरको अवस्था शिर्षकमा स्थानीय सरकार विशेषज्ञ समेत रहेका सरोज कुमार महतोले आफ्ना मनत्वय राख्नेछन ।

स्थानीय युवाहरूको सक्रियतामा पछिल्लो केही वर्षयता यो कार्यक्रम दीपावली र छठ पर्वको बीचमा आयोजना हुँदै आएको छ। कार्यक्रममा बटेश्वरकै विभिन्न पेशामा आबद्ध व्यक्तिहरुले तय भएका विषयवस्तुमा आफ्ना दृष्टिकोण, धारणा एवं योजनाहरु व्यक्त गर्ने कार्यक्रमका अगुवामध्ये एक सरोज कुमार महतोले बताए ।

‘आफ्नो जन्मभूमिमा केही फरक र अर्थपूर्ण काम गर्नुपर्छ भन्ने सोचका साथ केही वर्षयता हामीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएका हौं। यस वर्ष पनि समुदाय केन्द्रित बहस र रक्तदान लगायतका कार्यक्रम मार्फत सामाजिक चेतना फैलाउने प्रयास गरेका छौं,’ उनले भने ।

मन्थनमा गाउँपालिकाका कर्मचारी, शिक्षक, नागरिक समाजका अगुवा, बुद्धिजीवी, युवा लगायत सर्वसाधारणलाई आमन्त्रित गरिएको
कार्यक्रमका संयोजक जयकृष्ण महतोले बताए । उनका अनुसार मन्थनमा बटेश्वरको विकास, समृद्धि र रुपान्तरणका लागि गहन बहस हुनेछ ।

युवा संजालले आज अरूको लागि, भोलि आफ्नै लागि” भन्ने नाराका साथ रक्तदान कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ। १८ वर्ष पूरा गरेका इच्छुकले रक्तदान गर्न सक्ने र रगत समूह थाहा नभएकाका लागि नि:शुल्क परीक्षणको व्यवस्था गरिएको छ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO