काठमाडौं, कार्तिक ३ गते ।

मैले बिराएको छैन, म डराएको छैन। म २०७० सालमा स्वास्थ्य मंत्रालयको उच्च तहमा खुला प्रतिस्पर्धाबाट पुगे देखि नै यहाको स्थायी सत्ताका कर्मचारी, नेता र तिनका लागि काम गर्ने दलाल बिचौलियाहरुलाई पचेको थिएन। सीमांतीकृत समुदायको एउटा महिला लाई शुरू देखि नै तथ्यहीन आरोप र मुद्दा मामिलामा फँसाउने षड्यंत्र शुरू भयो। मेरो नियुक्ति बिरुद्ध सर्बोच्च अदालतमा मुद्दा हालियो, मैले सफाई पाए। त्यस पछि १२ तहमा बढुआ हुँदा सर्बोच्च अदालतले सफाई दिईसकेको मुद्दामा अधिकार क्षेत्र मिचेर पुनः अनुसंधान गरियो , मैले सफाई पाए।

स्वास्थ्य क्षेत्रमा व्याप्त नीतिगत भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र स्वार्थ समूह र केहि INGO हरुको स्वेच्छाचारिता विरुद्ध म निरन्तररूपले बोल्दै आएको छु। त्यसकै परिणामस्वरूप, केही पूर्व स्वास्थ्य मन्त्रीहरू, केही भ्रष्ट कर्मचारीहरू, र नेपाल मेडिकल एसोसिएसनका केही भूतपूर्व र वर्तमान भ्रष्ट पदाधिकारीहरूद्वारा मलाई धम्की दिने, अख्तियारमा फसाउने र मेरो कैरियर नै समाप्त पार्ने नियोजित प्रयासहरू शुरू देखि नै गरि रहेका थिए / छन र यसको जानकारी मैले सम्बन्धित निकायहरूमा पटक–पटक गराउँदै आएको छु। प्रदीप पौडेल मंत्री बन्दा मलाई गैरक़ानूनी र अपमानजनक तरीकाले महानिर्देशक पदबाट हटाएर मंत्रालयमा काम न दिएर राखियो। कारण थियो म महानिर्देशक हुँदा स्वास्थ्य सेवा बिभाग र मंत्रालयमा अड्डा जमाएर पूर्व स्वास्थ्यमंत्री गगन थापा, र प्रदीप पौडेल आदिको संरक्षणमा भ्रष्टाचार गरेका कर्मचारी र स्वास्थ्य माफ़ियाहरुको रजगज तोड़ने प्रयास ।

स्वास्थ्य सचिवको पदोन्नतिको सन्दर्भमा पनि तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलद्वारा म संग गरिएको गैरकानूनी र अस्वाभाविक माँग, निजले भनेको ‘Acceptance Rate’ पूरा नगरेको आधारमा, मन्त्रिपरिषद्को मिति फागुन २२ गतेको बैठकमा स्वास्थ्य सेवा ऐनको बरख़िलाफ़ हुनेगरी, बढुवामा योग्यता क्रममा १ नम्बरमा हुँदा पनि प्रदीप पौडेलको जोड़बलमा आफ्नो अनुकूल ब्यक्ति ल्याइयो।

आफ्नो स्वार्थपूर्ति गर्ने मान्छेका लागि निजले देखाएको असन्तुलित व्यवहारको त्यहाँ उपस्थित सबै मन्त्रिहरू प्रत्यक्षदर्शी थिए र वहाँको निर्णय र अस्वाभिक भूमिकाको बारेमा सर्वत्र प्रश्न उठेको कुरा सर्बबिदित नै छ । त्यस पछि मैले सर्वजनिक प्रतिवाद गरे र कानूनी उपचारको लागि गए। मुद्दा अहिले सम्मानित सर्बोच्च अदालतमा विचाराधीन छ।

म लामो बिदामा बसे तर भदौ 23-24 को घटनाहरु पछि देश अपठ्यारो परिस्थितिमा भएको कारण काममा फर्के। मलाई वर्तमान सरकारका एक जना वरिष्ठ मंत्री मार्फत नयाँ सरकारमा स्वास्थ्य मंत्री बन्ने प्रस्ताव आयो। मिति असोज ५ गते मन्त्री सिफारिस भएको राति नै नियोजित तरिकाले मेरो नागरिकता र एउटा उजुरीलाई आधार बनाई ‘ Paid मिडिया ट्रायल’ सुरु गरियो र अख्तियारमा अनुसन्धानको नाममा मेरो शपथग्रहण रोकियो।

स्वयं प्रदीप पौडेल र NMA का पदाधिकारी राष्ट्रपति कार्यालयमा शपथग्रहण स्थगित गराउनका लागि भौतिक रुपमा आग्रह गरेको जानकारी समेत भयो । यो सबैको कारण स्वास्थ्य मन्त्रालयमा पूर्व मंत्री प्रदीप पौडेल र स्वास्थ्य सचिवले नियतवश राखिएको बजेट र निजहरूले कुनै एउटा समूह मार्फत काम गर्ने स्वार्थ हो जो मबाट कुनै पनि हालमा परिपूर्ति हुने थिएन।

स्वास्थ्य सेवा बिभाग अंतर्गत पर्ने एउटा महाशाखाले गर्ने नियमित खरीद प्रक्रियामाथि अनुसंधानको क्रममा कार्यालय प्रमुख़को आधारमा मेरो जिम्मेवारी रहने स्वभाविक कुरा हो तर मलाई मेरो नैतिक धरातल राम्ररी थाहा छ र यो बिषयको छिट्टै न्यायिक निरूपण पनि भई हाल्ने बिस्वास पनि छ। यस प्रायोजित षड्यंत्रले मेरो आत्मबललाई अझ बलियो बनाएको छ र मैले छिट्टै स्वास्थ्य मन्त्रालयमा ब्याप्त स्वार्थ समूहहरू र अभियोजनको क्रममा देखिएको अस्वभाविक क्रियाकलापको विस्तृत जानकारी (पात्र र घटना सहित) उपयुक्त समयमा उजागर गर्ने छु ।

म देशको न्याय प्रणालीप्रति गहिरो विश्वास राख्छु। त्यसैले अब म कानुनी बाटोबाट लड्नेछु। यस्तो असहज परिस्थितिमा मेरो हौसला बढाउने र न्यायको लागि लड़न उत्प्रेरित गर्ने देश र मधेशका सम्पूर्ण अग्रज, साथी र शुभचिंतक प्रति आभार व्यक्त गर्दै म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु कि सत्यको जित हुनेछ र त्यो न्यायालयद्वारा छिट्टै स्थापित हुनेछ ।

सिमांतीकृत वर्ग र महिलाको आवाज दबाउने षड्यंत्र प्रति सजग र संवेदनशील हुन म सरकार, राजनीतिक दल र जेन जी समूहहरुलाई आग्रह गर्छु ।

(डा.संगीता मिश्रको फेसबुक वालबाट)

 

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO