जनकपुरधाम, १४ गते ।
जनकपुरधाम उपमहानगरपालिका–२० झण्डाचोकमा दुई समुदायबीच झडप भएको छ ।
गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो ।
मूर्ति विसर्जनका क्रममा जुलुस मुस्लिम बस्ती हुँदै लैजाँदा दुई समुदायबीच वादविवाद भएको र त्यसक्रममा ढुङ्गामुढासहित झडप चर्किएको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चार राउन्ड अश्रुग्यास प्रहार गरेका धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए।
हाल सो क्षेत्र तनावग्रस्त रहेको र कुनै अप्रिय घटना नहोस् भनेर नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको सिंहले बताए।
झडपमा घाइते भएकाको विवरण अहिलेसम्म प्रहरी समक्ष नआएको डिएसपी सिंहले बताए ।

