मधेश प्रदेशको जनकपुरधाममा अवस्थित जानकी मन्दिर नेपालको एक प्रमुख धार्मिक स्थल हो ।

यस धार्मिक क्षेत्रलाई जनकपुरधामको नामले समेत चिनिन्छ । धनुषा जिल्लाको सदरमुकाम र प्रदेश २ को पनि राजधानी हो जनकपुर । ऐतिहासिक मिथिला राज्यको पनि राजधानी रहेको जनकपुरलाई जलेश्वर, मिथिलेश्वर तथ कुपेश्वर जस्ता शहरले सुरक्षित गरेको जनविश्वास छ । यस्तै ५२ मन्दिर र ७२ कुण्डको शहरको रुपमा पनि परिचित छ समग्र जनकपुर । नेपाल तथा भारतका हिन्दू धर्मावलम्बी माझ प्रख्यात  जानकी मन्दिरको निमार्ण मुगल शैलीमा गरिएको थियो ।

वास्तुकला र धार्मिक सहिष्णुताको दृष्टिकोणले जानकी मन्दिर नेपालकै उत्कृष्ट मन्दिर हो । क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा ठूला मन्दिर पनि यहि हो । ४९,५५५ वर्ग फिट क्षेत्रफलमा फैलिएको मन्दिरको उचाई ५० मिटर रहेको छ । प्राय मन्दिर प्यागोडा शैलीमा निर्माण गर्ने गरिए पनि जानकी भने मुगल तथा शिखर शैलीमा निर्माण गरिएको थियो ।

हिन्दू धर्मको पवित्र ग्रन्थ रामायणकी एक प्रमुख पात्र सीता अर्थात जानकीको नामबाट राखिएको जनकपुर मन्दिरको चर्चा भारतीय हिन्दू धर्मावलम्बीविच पनि रहेको छ । यस मन्दिरलाई भारतीय राजकुमारी वृषभानु कुमारीले ९ लाख चाँदीका सिक्का खर्चेर बनाउन लगाएकी हुनाले यसलाई नौलखा मन्दिर समेत भनिन्छ ।

इतिहासका अनुसार निसन्तान रहेकी वृषभानुले पुत्रलाभ गरेपछि भाकल स्वरुप मन्दिर निर्माण गरेकी थिइन् । मन्दिर निर्माण गर्न १७ वर्ष लागेको थियो । विसं १९५१ मा मन्दिरको निर्माण शुरु गरि १९६८ मा निर्माण सम्पन्न भएको थियो । मन्दिर निर्माण सम्पन्न भएको जम्मा १०७ वर्ष भए पनि यस भित्र रहेको राम र जानकीको प्रतिमा भने ७०० वर्ष पुरानो रहेको संस्कृतविदहरुले बताउँदै आएका छन् ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO