जनकपुरधाम, पुस २१ गते ।
एसोसिएसन अफ प्राइभेट हस्पिटल नेपाल (अफिन) धनुषा शाखाको अध्यक्षमा काव्य हस्पिटलका संचालक डा. एसके सिंह चयन भएका छन ।
आइतवार भएको अफिनको साधारणसभाले वरिष्ठ चिकित्सक सिंहको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
साधारणसभाबाट उक्त कमिटीको वरिष्ठ उपाध्यक्षमा विकास चन्द्र गुप्ता, उपाध्यक्षमा हिरा यादव, महासचिवमा हरिश्चन्द्र यादव, सहसचिवमा मुकेश सिंह, कोषाध्क्षमा राहुल सिंहानियालाई चयन गरिएको छ ।
यसैगरी सदस्यहरुमा डा. शम्भु साह, डा. जियाउल हक, अखिलेश साह, चेत नारायण यादव, आनन्द मण्डल र डा. मुस्ताक अलि रहेका छन् । साधारणसभाबाटै ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
सल्लाहकारमा डा. आरएन पण्डित, डा. अशोक अधिकारी, डा. जामुन सिंह, डा. महेश महासेठ र डा. रामजी यादव रहेका छन् ।

