जनकपुरधाम, साउन २ गते ।

जनकपुरधाममा फेरि एकजना संचारकर्मीमाथि आक्रमण भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका—१२ स्थित कुवारामपुरमा रहेको गौशालामा रिर्पोटिङ्ग गर्न पुगेका संचारकर्मी  कुन्दन मिश्रमाथि आक्रमण भएको हो ।

समाजिकफिड डटकम अनलाइनका क्यामेराम्यान मिश्रमाथि गौशालामा अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेका थिए ।

समाजिक फिडकी पत्रकार आशा अधिकारीसँगै मोटरसाइकल चढेर उनी समाचार संकलनका लागि पुगेका थिए ।

जनकपुरका वकिलहरुले यहाँका पत्रकारहरुमाथि आक्रमण गरेको ७ औँ दिनमै यो दोस्रो घटना भएको छ ।

‘गाई बाँधेको स्थानतर्फ भिडियो खिच्न जाँर्दै गर्दा ममाथि बेस्सरी ढुंगा प्रहार भयो । मैले टाउकोबाट हेल्मेट निकालेको थिइन, ढुंगा प्रहारबाट हेल्मेट फुटेको छ । चोट पनि लागेको छ,’ संचारकर्मी कुन्दनले भने । मिश्रले लगाएको स्मार्ट वाच समेत फुटेको छ ।

ज्यानै जानेगरी ती अज्ञात व्यक्तिले टाउकोमा ढुंगा प्रहार गरेको कुन्दनको भनाइ छ । यद्दपी हेल्मेट लगाएकै कारण उनको ज्यान भने जोगिएको छ ।

घटना स्थलमा नचिनेका केही युवाको समुह देखेपछि कुन्दन त्यहाँबाट फुत्किएका थिए ।

समाजिक फिड टिमले उक्त घटनाबारे सोधखोज गर्दा नगर प्रहरीले गोलमटोल जवाफ दिए । घटनास्थलमा रहेको सिसिटिभीले काम नगरेको नगर प्रहरीले बताएको छ ।

समाचार संकलनमा अवरोध गर्दै आफुमाथि आक्रमण गर्ने व्यक्तिलाई कारबाही गर्न पत्रकार मिश्रले माग गरेका छन ।

पछिल्लो समय जनकपुरधाम सहित मधेश प्रदेशमै पत्रकारमाथि आक्रमणको घट्ना बढेको छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO