जनकपुरधाम, साउन  २७ गते ।

पर्सामा एक कैदीको मृत्यु भएपछि आफन्तहरूले प्रदर्शन गरेका छन्। कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भई २५ वर्षकै कैद सजाय काटिरहेका २८ वर्षीय राहुल साहको मंगलबार निधन भएपछि उनका आफन्त आन्दोलित भएका हुन्।

नारायणी उपक्षेत्रीय अस्पताल अगाडि आफन्तहरूले टायर बालेर प्रदर्शन सुरु गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिले आफन्तहरूसँग वार्ता भइरहेको छ।

मिश्रका अनुसार राहुल मंगलबार बिहान व्यायाम गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका थिए। उपचारका लागि अस्पताल पुर्याइएकोमा उनलाई बचाउन सकिएन। अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

तर आफन्तहरूले भने कारागार प्रशासनको लापरबाहीकै कारण राहुलको ज्यान गएको आरोप लगाउँदै आएका छन्।