जनकपुरधाम, साउन २७ गते ।
सिरहा र सप्तरीको सीमामा बग्ने बलान नदीमा डुबेका एक बालक मृत अवस्थामा फेला परेका छन्।
सखुवानन्कारकट्टी गाउँपालिका–३ परियारपुरका १४ वर्षीय घनश्याम यादव, शिवकुमार यादवका छोरा, सोमबार बिहान हुलाकी राजमार्ग नजिकको बलान नदीको पुल छेउमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले लगातार खोजी गरे पनि उनी भेटिएका थिएनन्। तर मंगलबार बिहान करिब साढे ११ बजे बर्दिबासबाट आएको गोताखोर टोलीले पुलभन्दा करिब ५० मिटर दक्षिणतर्फ उनको शव फेला पारेको हो।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी कैलाश राईले जानकारी दिए।

