जनकपुरधाम, साउन २५ गते ।

लगातार वर्षापछि सप्तकोशी नदीको पानीको बहाव तीव्र बनेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका उपरीक्षक निर्मलकुमार थापाका अनुसार, शनिबार राति ९ बजेको मापनमा कोशी बराजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ४३० क्यूसेक पुगेको छ। मापन केन्द्रका अनुसार बराजका ५६ ढोकामध्ये हाल २८ वटा खोलिएका छन्।

कोशी बराज हुँदै पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतका रूपमा रातो बत्ती बाल्ने व्यवस्था छ, र हाल कन्ट्रोल रुमले रातो बत्ती जलाइएको जनाएको छ।

हालसम्म पूर्वी तटबन्धमा क्षति नभएको प्रहरी उपरीक्षक थापाले बताएका छन्। उनले केही दिनदेखिको लगातार वर्षाका कारण नदीको जलसतह बढेको पनि जानकारी दिए।