जनकपुरधाम, साउन २५ गते ।
जनकपुरमा रेल र कार ठोक्किएर दुर्घटना भएको छ । बागमती प्रदेश ०१ २५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो ।
थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त कार जनकपुरस्थित रहेको हिरा अस्पतालको रहेको बताइएको छ । लक्ष्मिनियाँ गाउँपालिकास्थित रहेको निकाल बस्ने २२ वर्षिय ललित यादवले कार चलाएको बुझिएको छ ।
कार रेल्वे क्रसिङ्ग पार गर्न लाग्दा कारको चक्का लिकमा फसे पछि रेल्वेले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन ।
रेल भांगहाबाट जनकपुर स्टेशनतर्फ जाँदै थियो । सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा कारमा क्षति भएपनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

