जनकपुरधाम, असार २७ गते ।

ब्लड फर नेपालका संस्थापक सरोज कुमार महतो राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन ।

बुधवार एक समारोहकाबीच युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा उनलाई सम्मान गरिएको हो । गत असार १३ गते मन्त्रालयले महतो सहितका व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो ।

उनलाई प्रदान गरिएको युवा प्रतिभा पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ । मन्त्रालयका सचिव सुमनराज आर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महतोलाई खादा लगायई कदरपत्रले सम्मान गरिएको हो ।

महतो लामो समय देखि समाजिक अभियन्ताको रुपमा काम गर्दै आएका छन । महतोले पाएका पुरस्कार राशि बापतको २५ प्रतिशत रकम ब्लड फर नेपाललाई दिने घोषणा समेत गरेका छन ।

‘देशमा विभिन्न अवस्थामा मानिसलाई रगतको आवश्यक्ता परिरहन्छ त्यसलाई पुरा गर्न रगत व्यवस्थापनमा प्रभावकारी काम गर्न जरुरी छ, यसका लागि स्रोतको आवश्यकता पर्छ त्यसैले म पुरस्कार वापतको रकम ब्लड फर नेपाललाई हस्ताक्षरण गर्ने वाचा गर्दछु,’ उनले भने ।

देशमा २ जनालाई रगत आवश्यक पर्दा १ जनालाई मात्रै सहजै उपलब्ध भइरहेको अवस्थामा ब्लड फर नेपालले १ जनाको अभावलाई कम गर्न निरन्तर काम गरिहेको महतोको भनाई छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO