जनकपुरधाम, जेठ १७ गते ।

मधेश प्रदेशको सत्तारुढ गठबन्धनबाट बाहिरिएका नेकपा एमाले, माओवादी लगायतका दललाई नयाँ सरकार गठन गर्न हम्मे परेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको दोहोरो भूमिकाले नयाँ सरकार गठन हुने वा सरोज कुमार यादव नेतृत्वको वर्तमान सरकार नै टिकिरहने टुंगो लाग्न सकिरहेको छैन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका छन भने प्रतिपक्षी दलको सक्रियता सुस्त देखिएको छ ।

अहिले जसपा नेपाल नेतृत्वको प्रदेश सरकारमा एकीकृत समाजवादी सामेल छ । अहिलेकै सरकारलाई टिकाइराख्न मुख्यमन्त्री यादवलाई जसरी पनि नेकपा एस, लोसपा र कांग्रेसको साथ चाहिएको छ । अर्कोतर्फ एमाले, माओवादी र जनमत पार्टीको सरकार बनाइराख्न समेत विपक्षी गठबन्धनलाई लोसपा वा नेकपा एसको साथ अनिवार्य चाहिएको छ ।

स्रोतका अनुसार कांग्रेस र लोसपा नेपाललाई समेटेर मधेस प्रदेशमा जसपा नेपाल नेतृत्वकै सरकारलाई निरन्तरता दिन पहल भइरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास बूढानीलकण्ठमा बुधबार बोलाएको प्रतिपक्षी दलको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश सरकार टिकाउन कांग्रेस र लोसपाको साथ मागेका छन ।

देउवाले बोलाएको प्रतिपक्षी दलहरूको बैठकमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका थिए । त्यहीबेला उपेन्द्रले मधेश सरकार टिकाउन सहयोग मागेको कांग्रेसका एकजना शीर्ष नेताले बताए । ‘पछिल्लो राजनीतिक परिस्थितबारे छलफल भयो । केन्द्र सरकारको विषयमा पनि चर्चा भयो । उपेन्द्रजीले मधेशमा मिलेर जाऊँ भन्नु भएको छ,’ ती नेताले भने ।

यता माधव नेपालसँगै बूढानीलकण्ठ पुगेका एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले भने सामान्य चियापान र देउवासँग सन्चो बिसन्चोबारे मात्रै कुरा भएको दाबी गरे ।
मधेशमा २३ प्रदेश सांसदसहित नेकपा एमाले पहिलो दल छ । कांग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्दछ । यदि यही जेठ २८ गतेसम्म जसपा नेता सरोज यादवले विश्वासको मत नलिए अर्को सरकारको विकल्पमा जानुपर्छ ।

यदि कांग्रेस, जसपा, लोसपा र एकीकृत समाजवादी मिले ५४ सांसदसहित बहुमत पुगेर यादव नेतृत्वको सरकार ढल्नबाट जोगिन्छ । तर एकीकृत समाजवादी केन्द्रीय सरकारमा भएकाले उपेन्द्रलाई सहयोग गर्ने नगर्ने अन्योल छ । यद्यपि नेकपा एसका अध्यक्ष नेपाल केन्द्रको सत्ता गठबन्धनसँग असन्तुष्टि बोकेर बसेका छन् । एमाले सहितका दलको नयाँ सरकार गठनमा नेकपा एसले साथ दिएन भने विपक्षी गठबन्धनको नयाँ सरकार बनाउने योजना चुर हुनेछ ।

मधेशमा हाल जसपाबाट सरोजकुमार यादव मुख्यमन्त्री छन् । त्यहाँ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमतसहितले समर्थन फिर्ता लिएकाले यादवले जेठ २८ गतेसम्ममा विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । अशोक राईले गत वैशाख २३ केन्द्रमा जसपा नेपाल विभाजन गरेर नयाँ दल बनाएका छन् । यस्तोमा मधेशबाट पनि जसपाका केही सांसद नयाँ दलमा जाने सम्भावना छ । मधेशका सबै १६ सांसद अहिलेसम्म उपेन्द्र यादवको जसपा नेपालमै रहेर नयाँ दलमा सनाखत गरिसकेका छैनन् ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO