जनकपुरधाम, वैशाख १३ गते ।

जनकपुरधाम उपमहानगरपालिकामा लामखुट्टे नियन्त्रणमा लाखौँ रुपैँया अनियमितता भएको पाइएको छ । आर्थिक वर्ष २०७९र८० मा जनकपुरधाम उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणको लागि १९ लाखभन्दा बढी खर्च गरेको थियो ।

तीमध्ये १३ लाखभन्दा बढी रकम अनियमितता भएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । महालेखाले उपमहानगरपालिकाको कार्यालयलाई पठाएको प्रारम्भिक प्रतिवेदनमा अनियमितता भएको १३ लाख ४१ हजार ३२६ रुपैयाँ असुल उपर गर्न भनेको छ। गत आर्थिक वर्षमा लामखुट्टे नियन्त्रण गर्न उपमहानगरपालिकाले कुल १९ लाख ३ हजार ५२ रुपैयाँ खर्च गरेको छ ।

०७९ भदौ ३१ गते स्वास्थ्य कार्यालय धनुषाबाट लामखुट्टे नियन्त्रणको लागि छिडकाउ सम्बन्धमा लेखिएको पत्रमा डेंगु रोग नियन्त्रणको लागि छिडकाउ कार्यक्रम सञ्चालन गर्न प्रति १ लिटर मालाथियोनमा ८ लिटर डिजल लाग्ने उल्लेख छ।

उक्त पत्र उपमहानगरपालिकाले असोज २ गते दर्ता गरी सोही निर्देशानुसार १ लिटर डिजलमा १२५ ग्राम मालाथियोन मिसाई छिडकाउ गर्ने निर्णय गरेको थियो । उपमहानगरले प्रति लिटर रु. ७१२ का दरले २६८ लिटर मालाथियोन खरिद गरी रु. १९०८१६ भुक्तानी दिएको थियो।

नियमानुसार १ लिटर मालाथियोनमा ८ लिटर डिजलका हिसाबले जम्मा २ हजार १४४ लिटर डिजल लाग्ने देखिएकोमा उपमहानगरपालिकाले त्यसको ३ गुणाभन्दा बढी डिजेल खरिद गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।

‘स्रेस्ता परीक्षण गर्दा पालिकाले देहायका भौचरबाट लामखुट्टे नियन्त्रणको लागि तत्कालीन प्रति लिटर डिजलको औषत दर रु. १७३ रहेकोमा कुल ९ हजार ८९७.३३ लिटर डिजल खरिद गरी रु. १७ लाख १२ हजार २३६ रुपैयाँ भी आयललाई भुक्तानी दिएको छ । यसरी पालिकाले आवश्यकता भन्दा १३ लाख ४१ हजार ३२६ रुपैयाँको ७ हजार ७५३.३३ लिटर डिजल बढी खरिद गरी भुक्तानी दिएको छ। यसरी नर्म्सभन्दा बढी खर्च लेख्ने पदाधिकारीलाई जिम्मेवार बनाई असुल गर्नुपर्छ,’ प्रतिवेदनमा उल्लेख छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO