जनकपुरधाम, वैशाख ७ गते ।

धनुषामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डलको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । बिहीबार साँझ नम्बर नखुलेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार ठक्करबाट गम्भीर घाइते मण्डलको सिता हस्पिटल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उनका अनुसार ठक्कर दिएर भागेको मोटरसाइकल विदेह नगरपालिकाको वडा नं ६ स्थित झाडीमा राति ११ बजे फेला परेको छ ।

प्रदेश ०२ ००७ प २९४३ नम्बरको ठक्कर दिने उक्त मोटरसाइकल विदेह नगरपालिका ६ का ३० वर्षीय रोहित मण्डलले चलाइरहे प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहररीले जनाएको छ । घटनापछि उनी फरार भएको र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO