जनकपुरधाम, वैशाख ६ गते ।

जनकपुरमा जलेको अवस्थामा शव बरामद भएकी महिलाले आत्म हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरीले दावी गरेको छ । महोत्तरीको मनरासिसा नगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीया प्रियंका महतोको शव जलिरहेको अवस्थामा बरामद भएको थियो ।

घटनास्थलमै घाइते भेटिएकी उनकी छोरीलाई भने अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । बुधबार राति करिब ९ बजेतिर
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर महादेव मन्दिरबाट नजिकै रहेको खेतमा महिलाको शव जलिरहेको स्थानीयले देखेका थिए ।

उनीहरुले नै शिशुलाई समेत जलेको देखेका थिए । प्रहरीलाई स्थानीयले घटनाबारे खबर गर्दै शिशुलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए । स्थानीय त्यहाँ पुग्दा भने महिलाको लुगा जलेर जिउ पोलेर मृत्यु भइसकेको थियो ।

प्रहरीका अनुसार घटनास्थलबाट महिलाको मोबाइल फोन बरामद भएको छ । त्यसका साथै जलेर हल्का बाँकी रहेको प्लास्टिकको बोतल भेटिएको र त्यसमा मट्टितेल रहेको देखिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले घटनास्थलको प्रकृतिले आमाछोरीको हत्या वा आत्महत्या प्रष्ट नभएको बताए । ‘अहिलेसम्मको स्थिति हेर्दा आत्महत्या गरेको जस्तो देखिन्छ । अन्य मान्छेको संलग्लनता अहिलेसम्म खुेलेको छैन । हत्या भएको जस्तो प्रमाणहरु फेला परेको छैन । तापनि हामी प्राविधिक तर्फबाट पनि अनुसन्धान गर्दै छौं । त्यसबाट केही खुल्छ कि’, उनले भने ।

ससुरा फेकन महतोका अनुसार वैशाख १ गते पाखुरा दुखेको भन्दै प्रियंका उपचार गराउन भन्दै माइत गएकी थिइन् । बुधबार दिउँसो १२ बजेतिर उपचारको लागि छोरीसँगै प्रियंका जनकपुरधाम आएकी थिइन् । प्रियंकाका श्रीमान सुमित गाउँमै मजदुरी गर्छन् ।

श्रीमान–श्रीमतीबीच ठूलो मनमुटाव भएको पनि नदेखिएको दुबै परिवारको भनाइ छ । यद्दपी प्रियंकाकी माइती पक्षले भने उनको हत्या भएको दावी गरिरहेका छन् । उनीहरुले घटनाबारे निष्पक्ष अनुसन्धानको माग पनि गरेका छन् ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO