जनकपुरधाम, चैत १६ गते ।

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले १४ वटै जिल्लाका जिल्ला–नगर उद्योग वाणिज्य संघका कार्यालय सचिवहरुलाई अन्तर प्रदेश भ्रमण थालेको छ ।

शुक्रबार मधेश प्रदेशको राजधानी जनकपुर आइपुगेका संघका २६ जना कार्यालय सचिवलाई नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश र जनकपुर उद्योग वाणिज्य संघमा अध्ययन तथा सिकाई अनुभव आदानप्रदान गरिएको छ ।

जिल्ला–नगर उद्योग वाणिज्य संघका कार्यालय सचिवहरुले मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा र गण्डकी प्रदेशको पोखरासम्म पुगेको अध्ययन तथा सिकाई भ्रमण सम्पन्न गर्ने नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण (श्याम) भण्डारीले जानकारी दिए । उनले प्रदेश महासंघको स्थापनापछि उनीहरुले गरेका आर्थिक, समाजिक गतिबीधिबारे थाह पाउन भ्रमण भइरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका कार्यकारी निर्देशक प्रदिप दत्तले श्रम समस्या, कर, भ्याट, उद्योगमैत्री नीति बनाउन आफूहरुले संघ र प्रदेश सरकारसंग निरन्तर छलफलमा रहेको जानकारी दिए ।

उनले कोशी प्रदेशका कार्यालय सचिवहरुलाई महासंघको मधेश प्रदेशको गतिबीधिबारे जानकारी गराउँदै निकट भविष्यमा महासंघको जनकपुरमा आफ्ना भवन बनाउने गृहकार्य भइरहेको बताए ।

महासंघ मधेश प्रदेशका जिल्ला–नगर उपाध्यक्ष जितेन्द्र महासेठले मधेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका लागि वीरगन्जको आइसीपी अपायक भएकाले भिट्टामोड भन्सार नाकामा पनि आइसीपी स्थापनाका लागि पहल भइरहेको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी सदस्य वीरेन्द्रकुमार साहले कोशी प्रदेशमा महासंघले कामदारलाई तालिम दिएर करिव ६ सयजनालाई उद्योगमा रोजगारी दिलाएको बताए ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO