जनकपुरधाम, चैत ७ गते ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्री सरोज कुमार यादवले सुराकी खर्च नलिने निर्णय गरेका छन् ।

मंगलबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधारमन्त्री यादवले आफसँगै मन्त्रालयका कुनैपनि अधिकारीले सुराकी खर्च नलिने निर्णय गरेका हुन् । यो निर्णय मन्त्रीपरिषदमा लगेर पारित गराउने पदभाग ग्रहणको क्रममा उनले बताए ।

सुराकी खर्चको नाउमा गृहमन्त्री, सचिव, राज्यमन्त्री र मुख्यमन्त्रीले गरि मधेश सरकार स्थापना कालदेखि अहिलेसम्म मनोमानी रुपमा १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ बुझेको विवरण सार्वजनिक भएको थियो ।

२०७९ सालमा महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा समेत प्रदेश सरकारले मनोमानी रुपमा सुराकी वापत खर्च गरेको बताएको छ । मधेश प्रदेश अन्तर्गको गृह मन्त्रालयले सुराकीको नाममा रकम बुझ्दै आएकोले यस प्रकारको खर्चको औचित्य नभएको प्रतिवेदनमा उल्लेख छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO