जनकपुरधाम, चैत ५ गते ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पुर्वाधार विकासमन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई मन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवबाट जिम्मेवारी खोस्दै मुख्यमन्त्रीले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।
आजै केहीबेरपछि उनलाई पद तथा गोपनियताको सपथ खुवाउने तयारी छ ।
यादव यसअघि समेत जसपा नेतृत्वकै सरकारमा भौतिक पुर्वाधार विकासमन्त्री बनेका थिए । तर सत्ता समिकरण फेरिएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
नेताहरुका अनुसार एमालेलाई चारवटा मन्त्रालय दिएर सरकारमा सामेल गराउने सहमती भएको छ ।

एमाले सांसद राजकुमार लेखीलाई गृह तथा सञ्चार, शारदादेवी थापालाई स्वास्थय तथा जनसंख्या र सत्रुधन प्रसाद सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालय दिने सहमती भएको हो ।
दोस्रो चरणमा उनीहरुलाई मन्त्री नियुक्त गर्ने तयारी गरिएको हो । यद्दपी यो सहमतीबारे औपचारिक रुपमा कुनै दलले केही बताएको छैन ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO