जनकपुरधाम, चैत १ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग उपप्रधान एवं स्वास्थय तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको आपत्तिजनक तस्वीर जोडेर जनकपुरका विभिन्न ठाउँमा पम्पलेट टाँसेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका—७ बस्ने पंकज झा र वडा नम्बर १ बस्ने मनिष पुर्वे रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त पम्पलेटमा प्रचण्डले कुकुर बाँधेको डोरी समाएको र कुकुरको टाउँकोको ठाउँमा उपप्रधानमन्त्री यादवको तस्वीर जोडिएको तस्वीर टाँसिएको छ ।

पक्राउ परेकाहरू राष्ट्रिय एकता अभियानको अभियन्ताहरू रहेको प्रहरीले जनाएको छ।

पम्पलेटमा उपेन्द्र यादवलाई गद्दार लगायतका शब्दहरु उल्लेख गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरु विरुद्ध मुद्दा चलाउने वा नचलाउने विषयमा छलफल भइरहेको धनुषाका डिएसपी रञ्जन अवाले बताए ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO