जनकपुर न्युज

जनकपुरधाम, फागुन २५ गते ।

बलिउड स्टार गोविन्दा मधेश प्रदेशको रौतहट जिल्लामा दर्शक झुमाएका छन् ।

मौलापुरमा शुक्रबारदेखि सुरु भएको मधानी महोत्सवमा उनले आफ्नो प्रस्तुतीले दर्शकलाई झुमाएका हुन् ।

मौलापुर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा गोविन्दाको प्रस्तुति हेर्न हजारौंको संख्यामा भिड ओर्लिएको थियो ।

उनले कार्यक्रममा गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

विहारको पटना हुँदै नेपाल आएका उनले महोत्सवमा मनोरञ्जन प्रदान गरे ।

गोविन्दाले त्यहाँ आफू अभिनित चर्चित बलिउड फिल्मका गीत गाए, नाचे र संस्कृतका श्लोक पनि पाठ गरे ।

कार्यक्रममा प्रस्तुती दिनुअघि गोविन्दाले रौतहट आउन पाउँदा आफूलाई खुशी लागेको बताउदै नेपाल र नेपाली दर्शकहरुको माया आफूले सदैव पाएको उल्लेख गरे ।

यो महोत्सवमा नेपाली तथा भोजपुरी चलचित्रका कलाकारहरु पनि सहभागी छन् ।

नेपाल सरकारको पर्र्यटकीय गन्तव्य मध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महोत्सव सुरु भएको छ ।

मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ ।

पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातत्वविदलाई स्थलगत अध्ययन गराएर यो स्थानमा मधानी महायज्ञको सुरुवात गरिएको थियो ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO