महोत्तरी, १७ फागुन । जतिजति उमेर पाको हुँदै जान्छ, यहाँ आँखाको मोतिविन्दूको समस्या बढ्दो देखिएको छ । आज बिहीबार महोत्तरीको मटिहानीमा आयोजित एक दिने निशुल्क आँखा जाँच तथा शल्यकृया शिबिरमा मोतिविन्दू भेटिएका अधिकांश उमेरले ५० वर्ष नाघेका पाइएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखा र मटिहानी नगर कार्यपालिकाको कार्यालयले संयुक्त रुपमा शिबिर आयोजना गरेका हुन् । शिबिरमा नेपाल नेत्रज्योति सङ्घ र सगरमाथा चौधरी आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ । शिबिरमा आज आँखा जाँच गराएका २७० जनामध्ये ८२ जनामा मोतिविन्दू पाइएको छ । मोतिविन्दू पाइएमध्ये ५० जना ५० वर्ष उमेर माथिका रहेका रेडक्रस महोत्तरी शाखाका सभापति दिपक मिश्रले जानकारी दिनुभयो । मोतिविन्दू हुने ४० जना महिला छन् ।

मोतिविन्दू भएका सबैको आज नै जलेश्वरस्थित आँखा उपचार केन्द्रमा धमाधम शल्यकृया हुँदैछ । निष्पट्ट देख्न छाडेपछि आँखा जचाउँदा मोतिविन्दू भएको चिकित्सकले बताएपछि शल्यकृया गरिन लागिएको आँखा उपचार केन्द्र जलेश्वरमा भेटिनु भएकी मटिहानी-२ की ७० वर्षीया गुलरिया देवीले बताउनुभयो । अपरेसन (शल्यकृया) गरेपछि आँखा राम्ररी देख्नसक्ने डाक्टर (चिकित्सक) ले बताएपछि फेरि संसार देख्न पाउने आश जागेको उहाँको भनाइ छ । गुलरियाजस्तै मटिहानी-७ का ७३ वर्षीय लक्ष्मण मण्डल र मटिहानी-९ का ७१ वर्षीय मोहम्मद जुमन राइन पनि मोतिविन्दूको शल्यकृयाका लागि पालो पर्खदै हुनुहुन्छ ।

नगरमा बढ्दो उमेरका स्थानीय बासिन्दालाई लक्षित गरेर नै शिबिर आयोजना गरिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । नगरक्षेत्रमा फेरि आँखा जाँच शिबिर चाँडै आयोजना गरिने मण्डलले बताउनुभयो ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO