जनकपुरधाम, भदौ  ९ गते ।

सोमबार चाँदीको मूल्य नयाँ रेकर्डमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला २३५५ रुपैयाँ तोकिएको छ, जुन अहिलेसम्मकै उच्च दर हो।

अघिल्लो दिनको तुलनामा मूल्य ५ रुपैयाँले वृद्धि भएको हो। यसअघि साउन ७ गते र आइतबार प्रतितोला २३५० रुपैयाँमै कारोबार भएको थियो।

चाँदी महँगिँदै गर्दा भने सुनको मूल्य घटेको छ। महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँमा तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ कम हो।

आइतबार सुनको मूल्य १ लाख ९७ हजार ५ सय रुपैयाँ थियो। यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO