जनकपुरधाम, भदौ  ९ गते ।
पर्साको वीरगञ्जमा हैजाको प्रकोप फैलिँदै जाँदा नारायणी अस्पतालमा बिरामीको चाप दिनानुदिन बढिरहेको छ ।

पछिल्ला तीन दिनमा मात्र ६० भन्दा बढी झाडापखालाका बिरामी अस्पताल भर्ना भएका छन् । तीमध्ये तीन जनाको मृत्यु भइसकेको छ भने ४४ जना अझै उपचाररत छन् ।

अस्पताल प्रमुख डा. चुमनलाल दासका अनुसार धेरै बिरामी सामान्य अवस्थामा नभई गम्भीर लक्षणसहित आइपुगेका छन् ।

“कतिपय बिरामी बेहोस भएर, जलवियोजनका कारण अति जटिल अवस्थामा आएका छन् । यसले साधारण झाडापखालाको भन्दा गम्भीर स्थिति देखाउँछ,” उनले भने ।

चिकित्सकहरूका अनुसार आलस–तालस, अत्यधिक धड्कन, आँखा पल्टाउने, रक्तचाप घट्ने जस्ता लक्षणसहित बिरामी अस्पताल आइरहेका छन् ।

“हिजो मात्रै नयाँ वार्डमा २२ बेड थप्नुपर्‍यो । अझै २५ बेडको तयारी भइरहेको छ,” अस्पताल प्रमुख डा. दासले भने

नारायणी अस्पतालमा उपचाररत बिरामीमध्ये आधाभन्दा बढीको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (RDT) पोजिटिभ देखिएको छ । चिकित्सकहरूले यसलाई हैजाको ‘आउटब्रेक’ भन्दै समुदायस्तरमै संक्रमण फैलिएको पुष्टि गरेका छन् ।

वीरगञ्ज महानगरपालिका–११, १२, १३ र १६ नम्बर वार्डमा प्रकोप फैलिएको छ । विभिन्न अस्पतालमा १६१ भन्दा बढी बिरामी उपचाररत छन् ।

विज्ञहरूका अनुसार खानेपानी पाइपमा ढलको दूषित पानी मिसिँदा हैजा फैलिएको आशंका छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का अनुसार संकलित नमुना परीक्षण गर्दा खानेपानीमा इकोलाई जीवाणु पाइएको छ ।
“घना बस्ती भएकाले रोग फैलने दर उच्च छ । समयमै नियन्त्रण गर्न नसकिए महामारीका रूपमा फैलिने खतरा छ,” पूर्व प्रमुख डा. दासले चेतावनी दिए ।

संक्रमण बढेपछि वीरगञ्ज महानगरपालिकाले विद्यालय पठनपाठन स्थगित गरेको छ । साथै महानगर क्षेत्रमा पानीपुरी, चाट, चटपटे लगायतका सडक खाद्यपदार्थ बिक्रीमा रोक लगाइएको छ ।
नालामै राखिएका पाइप लिक भएर ढल मिसिने सम्भावना देखिएकाले खानेपानी प्रणाली परीक्षणका लागि ११ स्थानबाट नमुना संकलन गरी काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

 

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO