जनकपुरधाम, भदौ ३ गते ।
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यो मूल्य १ लाख ९६ हजार ३ सय रुपैयाँ थियो।
यसअघि साउन २३ गते प्रतितोला सुन १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुग्दै हालसम्मकै उच्च मूल्यमा पुगेको थियो। त्यसयता सुनको मूल्य निरन्तर घट्दै आएको छ।
उता, चाँदीको मूल्य पनि आज प्रतितोला १५ रुपैयाँले घटेर २ हजार ३ सय रुपैयाँमा पुगेको छ। अघिल्लो दिन चाँदी २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो। चाँदी यसअघि २ हजार ३ सय ५० रुपैयाँसम्म पुगेको रेकर्ड छ।

