जनकपुरधाम, भदौ १ गते ।

धनुषामा सामूहिक बलात्कारको आरोपमा एक वकिल पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति धनुषाका अधिवक्ता प्रमोद कुमार राय रहेका छन् । उनलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शनिबार उनलाई धनुषा ल्याइएको र आज जिल्ला अदालतमा पेस गरी म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । अधिवक्ता रायसहित तीन जनामाथि धनुषाकी एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएको हो ।

धनुषा प्रहरीका अनुसार घटना २०८१ साल माघ १२ गते बिहानको हो । कुहिरो लागेको बेलामा रायसहितको तीन जनाको समूहले जबर्जस्ती करणी गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।

पीडितले सो दिनै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी गरेकी थिइन्, तर तत्काल दर्ता भएको थिएन । पछि पीडित पक्ष उच्च अदालतमार्फत परमादेश लिएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO