जनकपुरधाम, साउन २८ गते ।

धनुषामा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बुधबार मिथिला नगरपालिका–२ बाट पक्राउ गरेको दुई जनामध्ये एक जना पप्पु साह र अर्की एक महिला रहेका छन्।

प्रहरी निरीक्षक राकेश यादव र वरिष्ठ सई बालकृष्ण संजेलको नेतृत्वमा गएको टोलीले पक्राउको क्रममा एक राउण्ड हवाई फायर गरेको र अर्को पटक पप्पुमाथि गोली प्रहार गरेको हो।

घुँडामुनि गोली लागेर पप्पु घाइते भएका छन्।

पक्राउ परेकामध्ये पप्पु यसअघि पनि लागुऔषध कारोबारकै अभियोगमा ८ वर्ष जेल सजाय भोगिसकेका थिए।

उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीको भनाइ छ।

 

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO