जनकपुरधाम, साउन १४ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले प्रदेशसभा सदस्य शारदा देवी थापालाई संसदीय विकास विभागको सदस्यको जिम्मेवारी दिएको छ।

पार्टीको मधेश प्रदेश कमिटीको गत असार २८ गतेको निर्णयअनुसार थापालाई उक्त जिम्मेवारी तोकिएको हो। यद्यपि जिम्मेवारी तोकिएको बारे आजै मात्र सार्वजनिक गरिएको छ ।

कमिटीका अध्यक्ष चन्द्रदेव मण्डलद्वारा हस्ताक्षरित पत्रमार्फत थापालाई जिम्मेवारी दिइएको जानकारी गराइएको छ।

प्रत्यक्ष तर्फ लगातार दोस्रो पटक सांसद जितेकी थापा पार्टीकी चर्चित एवं मुखर नेतृ हुन् ।

प्रदेशसभामा तार्किक एवं स्पष्ट वक्ताको रुपमा परिचित उनी संसदीय प्रक्रिया, अभ्यास एवं विकासको मामिलामा पनि अब्बल मानिन्छन् ।

उनले संसदीय विकास विभागमा सदस्यको हैसियतमा पार्टीको नीति तथा कार्यक्रम कार्यान्वयनमा भूमिका निर्वाह गर्नेछिन्।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO