जनकपुधराम, साउन २२ गते
६ दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको छ।
गत शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार १ लाख ९८ हजार ४ सय रुपैयाँमा पुगेको छ। यो दर अघिल्लो दिनको तुलनामा स्थिर रहँदा, मंगलबार सुनको मूल्य अहिलेसम्मकै उच्च स्तर १ लाख ९८ हजार ५ सय रुपैयाँमा पुगेको थियो।
चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर २ हजार ३१५ रुपैयाँमा पुगेको छ।

