जनकपुरधाम, साउन १५ गते ।

महोत्तरीको पिपरास्थित एक पोखरीमा डुबेर एक युवकको ज्यान गएको छ। मृतक पिपरा गाउँपालिका–७ बनौलीका ३० वर्षीय मुरारी झा रहेका छन्।

बुधबार साँझ गाउँनजिकैको दुर्गा मन्दिर छेउको सार्वजनिक पोखरीमा डुबेको स्थानीयले जानकारी दिएका थिए। त्यसपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्दा उनको शव फेला परेको महोत्तरी प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।