जनकपुरधाम, साउन ८ गते ।

धनुषामा एक बालक पोखरीमा मृत भेटिएका छन । सबैला नगरपालिका–१०, खरियानीका सात वर्षीय बालक पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बुधबारदेखि बेपत्ता रहेका खुसिया कापरका छोरा सचिन कापर बिहीबार बिहान घर नजिकैको पोखरीमा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार सचिन बुधबार बिहान ११ बजेतिर घरबाट खेल्न निस्केका थिए।

खोजीकार्यका क्रममा बिहीबार बिहान करिब १० बजे उनी पोखरीमा तैरिरहेको अवस्थामा मृत फेला परेका हुन्।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार गर्मी छल्न पोखरीमा नुहाउन गएका थिए ।

प्रहरीका अनुसार पौड्ने क्रममा बालकको डुबेर ज्यान गएको हुन सक्ने देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।