जनकपुरधाम, साउन ४ गते ।

जनकपुरको एक होटलमा युवतीसँग बसेका एक युवकको रहस्यमय तरिकाले हत्या गरिएको छ।

जिरोमाइलस्थित होटल एसपी एन्ड गेस्ट हाउसमा शनिबार राति करिब ३ बजे महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय बिमलेश यादव (शनि) युवतीसँगै होटलमा बसेका थिए।

सोही क्रममा उनलाई धारिलो हतियार प्रहार गरी एक तल्ला माथिबाट खसालिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते अवस्थामा उद्धार गरिएका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा आइतबार बिहान ७:४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार उनीसँगै होटलमा रहेकी युवतीले नै हत्या गराएको हुन सक्ने आशंका गरिएको छ।

हाल मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।