
जनकपुरधाम, वैशाख ३१ गते।
युवाहको सशक्तिकरण र उनीहरूको आवाज नीतिनिर्माण तहमा पुर्याउने विषयमा जनकपुरमा दुइदिने विमर्श समपन्न भएको छ ।
यूनीभर्सल पिरियडिक रिभ्यु (युपिआर) द्वारा आयोजित उक्त कार्यक्रममा अपाङ्गता भएका, यौनिक तथा अल्पसंख्यक समुदायका युवा, तथा सीमान्तकृत समुदायका २० जना प्रतिनिधिहरू सहभागी थिए ।
बुधवार समपन्न उक्त कार्यक्रम मानव अधिकारलाई केन्द्रमा राखेर युवाहरूको क्षमता विकास गर्न तथा उनीहरूलाई सामाजिक परिवर्तनको संवाहक बनाउने लक्ष्यमा केन्द्रित थियो।
युपिआर मधेशले मानव अधिकारका विषयमा काम गर्दै आएको छ ।
यसले नेपालमा मात्र नभई विश्वभरका युवाहरूको आवाज बुलन्द गर्न सहयोग पुर्याउँदै आएको छ।