रिंकु मिश्र

जनकपुरधाम, असोज १ गते ।

धनुषाको सबैला नगरपालिका १४ पटेर्वा गाउँका बासिन्दाहरू वर्षा लागेपछि चिन्तामा हुन्छन् । कमला नदीको सुसेलीले गाउँलाई सताउँछ । बिगतका बाढीले दिएको त्रास अझै पनि ताजै छ । यस कारण कमला नदीको बाढी सुसेलेको आबाजले वस्तीकी गंगिया सदालाई रातभर निन्द्रा लाग्दैन ।
“ठूलो बाढी आउँदा राति निन्द्रा आउँदैन । बाढीको आवाज यहाँसम्म आइपुग्छ । कुनै दिन त बस्ती नै बगाएर लैजाने हो कि भनेर डर लाग्छ? ” गंगिया सदा सुनाउँछिन् ।
तीन वर्षअघि आएको भीषण बाढी पटेर्वा स्थित कमला नदीको बाँध भत्कायो । पटेर्वा बस्तीका केही घरहरु डुबानमा परेको थियो । डुबानमा परेका घरमा अन्नपात लत्ता कपडा भिज्यो । फुसका केही घरको भित्ता लडखडायो । त्यो क्षण सम्झिदा वस्तीकी सुकन देवी सदा झस्किन्छन् । ‘बाढी वस्ती छिरेपछि छिमेकीको घर पानीमाले डुबेको थियो । मानिसहरू भागाभाग भयो । गाउँलेहरु हतारहतार बाँध बाँध्न पुगेका थिए । बल्ल तल्ल गाउँ बचेको थियो’ सुकन देवी सम्झिन्छन् ‘बाढी हहाएपछि डर लाग्छ । कति रात त निन्द्रा नै आउँदैन । तर हामी गरिब मान्छे । कहाँ जाने रु’उनी भन्छिन्।

बाढी बाँध भत्काएर वस्ती छिरेको सम्झना गर्दा स्थानीय जगदीश यादवको मनमा त्रास छाउँछ । अहिले पनि बाँध कमजोर भएको लागेर उनको मनबाट कमला नदीको डर भागेको छैन ।
“कमला नदीको बाँध राम्ररी बाँधिएको छैन । कमजोर बाँध टुटछ । बाढी गाउँ पस्छ । खतरा छँदैछ’ उनी भन्छन् । सम्बन्धित निकायले जनताको आबाज नसुनेको उनको गुनासो छ । ‘जनताको आवाज कसले सुन्छ रु जब बाढीले छड्की बगाउँछ, त्यतिबेला मात्रै नेता अधिकारीहरु निरीक्षण गर्न आउँछन्’
स्थानीय जगतविराजी यादवले भने बाँध मजबुत गरि बाँधेको बताउँछन् । ठूलो बाँढीबाट पनि अब बाँधलाई खतरा नरहेको उनको भनाइ छ । “पाँच फिट तलबाट सिमेन्ट, बालुवाको जग उठाएर माथि जालीबोल्डर गरि तटबन्ध भएको छ । त्यस कारण बिगतको जस्तो खतरा मलाई लाग्दैन” जगविराजी भन्छन् । तर उनको भनाइमा विश्वास गर्नेहरू थोरै छन् ।

वस्तीका धनिकलाल सदा कमलाको जोखिम कायमै रहेको बताउँछन् । उनले बिगतमा डुवान भएका ठाउँ देखाउँदै भने ‘यो घरहरु पानीले डुबेको थियो । अहिले पनि बाँध कमजोर नै छ । ठूलो बाढीबाट खतरा अझै छ वस्तीलाई । तर हाम्रो कुरा सुन्ने कसले रु’ धनिकलाल गुनसो गर्छन् ।
वडाध्यक्ष यादव भने बाँधको स्थितिले अहिले कुनै जोखिम नरहेको दावी गर्छन् । “तीनवर्षअघि बाँध भत्किएको थियो । तर त्यसपछि मर्मत गरेर तटबन्ध बलियो बनाइएको छ’ उनी विश्वासको साथमा भन्छन् । तर, उनको भनाइमा स्थानीयहरु ढुक्का देखिँदैनन् । कमला नदीको बाढीले नदी छेउमा बसोबास गर्ने स्थानीयमा त्रासदीको वातावरण यथावत छ ।
बाढीले वस्तीलाई त जोखिम छ नै, पुल नहुँदा पारी सिरहा जानआउन स्थानीयले जोखिमको सामना गर्नु परेको छ । स्थानीय विराजी यादवका अनुसार गत असार महिना डुंगामा मोटरसाइकल राखेर बाढी तर्दै सिरहाबाट आउँदै डुंगा पल्टेको थियो । जसमा दुईवटा मोटरसाइकल बगायो । झण्डै त्यसमा सवार मानिसहरुको उद्धार गरेपछि बाँचे । मोटरसाईकल र्दुइकिलोमिटर तल भेटियो ।

सहज आवतजावतका लागि कमला नदीमा पछिल्लो समय पुल निर्माण भइरहेको छ । जसको गत चैत महिनामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले शिलान्यास गरेका थिए । वडाध्यक्ष यादव तटबन्ध बलियो र अब वारपार हुन पुल निर्माण भइरहेकाले जोखिमहरु क्म हुँदै जाने बताउँछन् ।
‘पहिला धेरै जोखिम थियो । अब तटबन्ध बलियो बन्यो । पुल निर्माण भइरहेको छ । अब बिगत जस्तो समस्या हुन्न होला’ वडाध्यक्ष यादव भन्छन् ।
सबैला नगरपालिकाका मेयर कारीराम यादव पटेर्वामामा मजबुत बाँध बाँधिएको बताए । कमला नदीमा पुल बन्न लागेकाले अब पहिलो जस्तो जोखिम नहुने उनको विश्वास छ ।
‘पहिले जस्तो जोखिम पटेर्वामा छैन । त्यहाँ राम्ररी बाँध निर्माण गरिएको छ । अब कमला नदीमा पुल पनि बन्न लागेको छ । यधपी कतै जोखिम जस्तो छ भने पुनः बाँधलाई मजबुत पार्ने काम गर्छौं’ मेयर यादवले भने ।

< LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LINK ALTERNATIF LAKUTOTO RTP LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LINK ALTERNATIF LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO