जनकपुरधाम , भदौ १७

नेपाली बजारमा (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ।

आइतबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १७ सय ७५ रुपैयाँ कायम भएको छ।

आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम रहेको थियो।