जनकपुरधाम , साउन ३० गते ।

रौतहटमा एक ७४ वर्षिय वृद्धको शव फेला परेको छ।

बुधबार बिहान शंकास्पद अवस्थामा घर नजिकको खेतमा एक वृद्धको शव फेला परेको हो।

गौर नगरपालिका-५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव फेला परेको हो।

उनको शव आफ्नै घर नजिक रहेको धान खेतमा भेटिएको हो ।

रौतहटकी प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरीका अनुसार महतोको हात र कोखामा धारिलो हतियारले प्रहार गरिएको पाइएको छ ।
चोट देख्दा उनको हत्या भएको आशंका गरिएको हो।

सूचना पाएर घटनास्थल पुगेको प्रहरीले मृतक महतोको घरबाट प्याकेटमा राखिएको अवस्थामा गाजा फेला पारेको तथा उनको गोजीबाट पनि गाजा बरामद गरिएको छ ।

मृतक महतो प्रतिबन्धित गाजाको सेवनकर्ता एवम् बेचबिखनमा समेत संलगन रहेको हुन सक्ने उनले बताइन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO