जनकपुरधाम, साउन २८ गते ।

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको कर्जन्हा नगरपालिका–४ वडहरा घर भएका २२ वर्षीय सुशील सदा छन् ।

इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटेको टोलीले लुकिछिपी बसेको अवस्थामा सदालाई पक्राउ गरेको सिराहाका एसपी रमेश पण्डितले जानकारी दिए ।

गत भदौ १४गते राति सुशीलले १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ।