जनकपुरधाम, साउन २१ गते ।

सोमबार सुनको भाउ नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

आइतबारको को तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ पनि स्थिर छ । प्रतितोला १७८५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।