जनकपुरधाम, साउन २१ गते ।

जबर्जस्ती करणी मुद्दामा अदालतले ९ वर्ष कैद सजायको फैसला गरेका फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उप-महानगरपालिका- ६ मदर्शाटोल बस्ने २७ वर्षीय ईम्तियाज अंसारी रहेका छन्।

प्रहरीका अनुसार ०७२ साल वैशाख ३१ गते ९ वर्ष ६ महिना १५ दिन सजाय तोकिएका अन्सारी हालसम्म फरार रहँदै आएका थिए।

उनलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

अन्सारीलाई आवश्यक कारवाहीको लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।