जनकपुरधाम, साउन १७ गते ।

पर्सा प्रहरीले नागरिकता सम्बन्धीको दर्ता मुद्दामा बुधवार दिउँसो एक जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१० आदर्शनगरका निरन्जन अग्रवाल रहेको हो । प्रहरीमा परेको जाहेरीमा अग्रवालको मूल निवास राजस्थान रहेको भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा ६ वर्ष अगाडि दर्ता भएको नागरिकता सम्बन्धीको मुद्दामा उजुरी परेपछि अग्रवाल लाई प्रहरीले पक्राउ गरेको छ ।

५० बर्षिय अग्रवालको नागरिकताको सम्बन्धमा उजुरी परेपछि छानबिनका लागि नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता डिएसपि दीपक भारतीले जानकारी दिए ।

नागरिकता सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको डिएसपि भारतीले बताए ।