जनकपुरधाम, साउन १५ गते ।
धनुषाको धनुषाधाम नगरपालिका–२ मंगलपुरमा कुटपिट गरी एकजनाको हत्या गरिएको छ।
उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् ।
धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार सोमबार बिहान ११ बजेर बजेको समयमा पुरानो रिसिइवीको कारण भोगेन्द्र ठाकुरको कुटपिटबाट मृत्यु भएको हो।
स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र उनकी श्रीमती घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो ।
प्रहरीले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।