जनकपुरधाम, साउन १५ गते ।
सिरहा प्रहरीले लागुपदार्थ ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका- ६ बस्ने २४ वर्षीय विनय सिंह र भारतको बिहार राज्य जिल्ला मधुवनी चौपाया ४ बस्ने ३४ वर्षीय रोशनकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
दुवै जनालाई ब्राउन सुगर १०३ ग्रामसहित पक्राउ गरिएको प्रहरी निरीक्षक दिपककुमार सिंहले जानकारी दिए।
प्रहरीले गोप्य सुचनाको अधारमा बरियारपट्टी गाउँपालिका- ३ हुलाकी सडक खण्डभन्दा ५० मिटर दक्षिण पेट्रोल पम्पस्थितमा लागूऔषध बिक्रिवितरण गर्ने क्रममा नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटेको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर बरामद गरेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।
ब्राउन सुगर सहित दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।